वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गरेका छन् ।
राप्रपाले आज यहाँ आयोजना गरेको जनसभामा उनले मुलुकभरबाट सङ्कलन भएको राजस्वले समेत राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्न नसक्ने गरी देशको आर्थिक अवस्था कमजोर बनेको भन्दै चिन्ता प्रकट गरे ।
उनले विदेशी दातृ निकायसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउनपर्ने अवस्था उत्पन्न हुन लागेको बताए । एक दशक अघिसम्म देशको बाह्य र आन्तरिक ऋण सात खर्ब रुपैयाँ हाराहारीमा रहेकामा हाल त्यो बढेर २६ खर्ब नाघेको उल्लेख गर्दै उनले देशको आर्थिक अवस्था खस्कँदै गएको बताए ।















प्रतिक्रिया दिनुहोस्