Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बढी तरलताले अर्को दूष्परिणाम ल्याउँछ : प्रधानमन्त्री ओली

बढी तरलताले अर्को दूष्परिणाम ल्याउँछ : प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूका साहु खराब हुँदा ऋणीहरू समस्यामा परेको टिप्पणी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा प्रधानमन्त्री ओलीले समस्यामा परेका ऋणीलाई बैंकका साहुले झन मार पर्ने गरी व्यवहार गर्ने गरेको भन्दै त्यसबाट जोगिनु पर्नेमा जोड दिए ।

उनले भने, ‘उद्योग व्यवसाय अफ्ठ्यारोमा परे भने बैंकहरू हतारहतार असुल गर्ने भन्नेतिर जाने कुराले गर्दा, असुल हुने स्थिति नै छैन उनीहरूको । खराब ऋणी भन्ने तर त्यहाँ साहु खराब हुन्छन् । अफ्ठ्यारो बेलामा मद्दत गरेर अगाडि बढाउन मद्दत गर्नुपर्ने ठाउँमा मद्दत नगरेर घाँटी निचोर्ने काम गरियो । यस कुराबाट हामी जोगिनुपर्छ ।’

ऋणी डुब्दै छ भने उसलाई पहिला उतार्नुपर्ने धारणा राखेका ओलीले ऋणीलाई मद्दत गरेर तरिका मिलाएर असुल गर्नुपर्ने बताए । ऋणी डुब्यो भने उसले लिएको ऋण तिर्न नसक्ने भन्दै उनले थपे, ‘ तरिका मिलाएर रिटर्न हुन्छ । ऊ डुब्दै छ भने उसलाई पहिला उतार्नुपर्‍यो । ऋणी डुब्यो भने लिएको ऋण कहाँबाट तिर्नु ?’

यस्तै, प्रधानमन्त्री ओलीले बढी तरलता भएर चाहिन नचाहिने ठाउँमा बैंकहरूले लगानी गरेको भन्दै त्यसको असर सकारात्मक नहुने बताए । उनले भने, ‘बढी तरलताले अर्को दूष्परिणाम ल्याउँछ । त्यसपछि तरलता सकिन्छ।’

हरेक क्षेत्रलाई एक–अर्काको परिपूरकका रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेका उनले निजी क्षेत्रले देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न महत्वपूर्ण योगदान दिइरहेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit