Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं ’

‘विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं ’
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी कुरामा लाग्ने फुर्सद नभएको बताएका छन् । उनले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा दलहरु नरहेको उल्लेख गरे।

विज्ञापन
Advertisement
Advertisement

आइतबार राजावादीको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएकोप्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा देश नरहेको टिप्पणी गरेका हुन् ।

‘एउटा जुलुश निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं । अलोकतान्त्रिक, प्रणालीविरोधी र असम्वैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं’ ओलीले भने ।

सोमबार काठमाडौंमा गैह्रसरकारी संस्था महासंघको ११औँ महाधवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोगको आलोचना भएपछि राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफूले नै राखेको कटाक्ष गरे ।

कार्यक्रममा उनले बाह्य अनुदान सहायतामा भर नपरी आफ्नै ढंगले दशेको विकासमा लाग्नुपर्ने बताए । बाह्य सहयोग जुनसुकै अवस्थामा रोकिन सक्ने भएकाले अनुदान नआउँदा पनि देश चल्ने गरी आत्मनिर्भर हुने बाटोतर्फ अघि बढ्नुपर्ने भनाइ ओलीको छ ।
प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit