Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्क भुक्तानीमा ग्लोबल आइएमई बैंकले ५० प्रतिशत छुट दिने

वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्क भुक्तानीमा ग्लोबल आइएमई बैंकले ५० प्रतिशत छुट दिने
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले सार्वजनिक गरेको योजना अनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बीमा शुल्कलगायत आईएलटीएस, टफेललगायतका भाषा परीक्षाको शुल्क अनलाइन प्रणालीमार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा बैंकले ५० प्रतिशत छुट प्रदान गर्ने छ ।

यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुने बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरुले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पुरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले देशको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit