images
images

मेरो शेयर लगायतका सर्भरमा समस्या

images
images
images

काठमाडौं । मेरो शेयर लगायतका सर्भरमा समस्या देखिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)ले मेरो शेयर, सि–आस्वा, सि–केवाईसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिएको हो ।

उक्त सर्भरमा समस्या देखा परेकाले अहिले ३ः३० बजेदेखि सेवा अवरुद्ध हुने भएको छ । सिडिएससिले सूचना जारी गर्दै भनेको छ, ‘यस सिडिएससिले मेरो शेयर, सि–आस्वा, सि–केवाईसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिई तत्काल मेमोरी रिप्लेसमेन्ट गर्नुपर्ने भएकोले मिति २०८१.१२.१ गते दिनको ३.३० बजे पछि रिप्लेसमेन्ट सम्बन्धी कार्य गरिने हुँदा केही समयका लागि सिडिएससिका सेवाहरू अवरुद्ध हुन सक्ने जानकारी गराइन्छ ।’

images
images

images
images

प्रतिक्रिया दिनुहोस्