Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

समृद्धि फाइनान्सको सीईओमा सन्तोषकुमार घिमिरे नियुक्त

समृद्धि फाइनान्सको सीईओमा सन्तोषकुमार घिमिरे नियुक्त
विज्ञापन
Advertisement

काठमाडाैं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन्। फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

पूर्व सीईओ टीकानिधि लोहनी संस्थाबाट बाहिरिएपछि घिमिरेलाई नेतृत्वको जिम्मेवारी दिइएको हो। लोहनीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए, जुन फाइनान्सले फागुन २९ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।

नयाँ सीईओको कार्यभार सम्हाल्नुअघि फाइनान्सका नायब महाप्रबन्धक विनोदराज पौडेललाई एक महिनाका लागि कामु सीईओको जिम्मेवारी दिइएको छ। पौडेलले चैत महिनाभर सीईओका जिम्मेवारी सम्हाल्ने फाइनान्सले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit