Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सीजी मोटर्सले शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक गर्ने

सीजी मोटर्सले शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले शतप्रतिशत ‘प्योर इलेक्ट्रिक पिकअप’ रिडारा सार्वजनिक गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त ईभी पिकअप सवारी क्षेत्रको दिगो भविष्यतर्फको दिशामा ऐतिहासिक कदम भएको र नेपालकै पहिलो शतप्रतिशत शुद्ध पिकअप सार्वजनिक गर्ने दाबी कम्पनीको छ ।

उक्त रिडारा पिकअप भोली (सोमबार) एक विशेष कार्यक्रम आयोजना गरी कम्पनीले सार्वजनिक गर्ने जनाएको छ ।

नविनतम प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडाराले ईभी पिकअप सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने कम्पनीले जनाएको छ । यसमा ४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र ७३ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ ।

नेपालको भौगोलिक अवस्थिति र सडक पूर्वाधारलाई मध्यनजर गर्दै रिडारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट फोर ह्विल ड्राइभ गरी विभिन्न ७ फरक ड्राइभिङ मोड राखिएको कम्पनीको भनाई छ । यसमा उपलब्ध ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणालीका कारण सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।

रिडाराले ग्राहकहरूलाई आफ्नै गाडीको मजबुती अनुभव गराउने उद्देश्यले फोर ह्विल ड्राइभ डेलिभरी र एड्भेन्चर ड्राइभ कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ । यस अन्तर्गत प्रयोगकर्ताहरूले विभिन्न स्थानका कठिन सडकमा गाडीको प्रत्यक्ष ड्राइभ अनुभव गर्न सक्नेछन्।

कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि सहजता प्रदान गर्न रिडाराको पानीपोखरी र थापाथली शोरुमबाट हरेक एक घण्टामा निःशुल्क शटल सेवा उपलब्ध हुनेछ। शटल सेवा बिहान ११ बजे शुरु हुने छ भने मुख्य कार्यक्रम दिउसो १ बजे शुरु हुने बताइएको छ ।

चीनमा नम्बर वान ईभी पिकअपको पहिचान पाएको रिडारा ईभी पिकअपका मुल कम्पनी जिली अटो ग्रुप चीनका शीर्ष १० ठूला अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। सो सार्वजनिक प्रक्षेपणमार्फत सीजी मोटर्सले नवीनतम विद्युतीय प्रविधिको प्रयोग गरी नेपालमा वातावरणमैत्री तथा प्रविधियुक्त सवारी साधनको नयाँ युगको सुरुवात गर्न लागेको बताएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit