काठमाडौं । एन आईसी एशिया लघुवित्तले गण्डकी प्रदेश अन्तर्गतको विभिन्न शाखा कार्यालयहरुबाट सञ्चालित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
मगरकोट उप–प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्टको उपस्थितिमा सञ्चालन गरिएको कार्यक्रममा मगरकोट शाखा प्रमुख गोपाल सुनार लगायत कर्मचारीहरुको उपस्थिति थियो । उक्त वित्तीय साक्षरता कार्यक्रममा ४० जना महिला सदस्यहरुको सहभागीता रहेको लघुवित्तले जनाएको छ । बैशाख २९ गते सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि टेक नारायण महतोसमेतको उपस्थिति थियो ।
यस्तै, लघुवित्तको बाङ्गेसिमल शाखाद्वारा सञ्चालित वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रममा लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप प्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखामा कार्यरत कर्मचारी सहित ५५ जनाले सहभागीता जनाएको बताइएको छ ।
लघुवित्तको बेस्तडा शाखा दैलेखले पनि ३ दिने आधारभूत बाख्रापालन तालिम दिएकोछ । वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागीले तालिमले महिलालाई आयआर्जनसँग जोड्न महत्वपूर्ण भुमिका खेल्ने सकारात्मक धारणा राखे । कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राविधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियार लगायतको उपस्थिति थियो ।















प्रतिक्रिया दिनुहोस्