Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लुम्बिनी विकास बैंकद्वारा साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

लुम्बिनी विकास बैंकद्वारा साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
विज्ञापन
Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा आफ्ना विभिन्न शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

ग्लोबल मनी विकको तेह्रौं संस्करण यही चैत्र ४ देखि १० गतेसम्म आयोजना भएको थियो । उक्त साताव्यापी कार्यक्रम मार्फत बैंकले करिब एक हजार युवा विद्यार्थीहरुलाई बैंकिङका विभिन्न पक्षहरुका बारेमा जानकारी प्रदान गरेको जनाएको छ । बैंकले विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरताको आवश्यकता र महत्व र त्यसको प्रयोग सँगै पैसाको महत्व, बचत, लगानी, ऋणलगायतका बैंकिङ विषयका बारेमा जानकारी दिइएको जनाएको छ। यस्तै, विद्युतीय बैंकिङ कारोबारका फाइद, त्यसले बढाएको अपराध जोखिमको बारेमा समेत जानकारी गराईएको थियो ।

‘थिंक बिफोर यू फलो, वाइज मनि टूमरो’ भन्ने मूल नाराका बैंकका कर्मचारीहरुले नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरु तथा स्थानीयस्तरमा सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त रुपमा आयोजना गरेका वित्तीय सचेतनामुलक प्रभातफेरी कार्यक्रमहरुमा समेत सहभागिता जनाएको उल्लेख गरेको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit