Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघको तदर्थ समिति गठन

रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघको तदर्थ समिति गठन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपालको तदर्थ समिति गठन भएको छ। सोमबार राजधानीमा सम्पन्न नेपाली कांग्रेस आबद्ध निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले सिंहको संयोजकत्वमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

समितिको सह–संयोजकमा प्रकाशबहादुर सेठी र राजेन्द्र पहारी चयन भएका छन् भने सदस्यहरूमा रमेश दाहाल, शम्भु ठाकुर, शान्तकुमार श्रेष्ठ, ऋषिराम अधिकारी, रुद्र शर्मा, भरत कुमार डाँगी, लक्ष्मण स्वाँर, र मोहन कुमारी कालिकोटे रहेका छन्।

भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए। नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका संयोजक मदनबहादुर अमात्यको सभापतित्वमा सम्पन्न उक्त भेलामा ६ सयभन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहेको विभागका सदस्य सचिव इन्जिनियर आङ दोर्जी लामाले जानकारी दिए।

भेलाले आगामी ६ महिनाभित्र ७७ जिल्ला र ७ प्रदेशमा संगठन विस्तार गर्ने निर्णय गरेको छ। साथै, संघको विधान तयार गरी लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपाललाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा दर्ता गर्ने निर्णय समेत गरेको छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit