काठमाडौं । भिभोले अप्रिलमा ल्याउन लागेको फ्ल्यागशिप इमेजिङ स्मार्टफोन ‘भिभो एक्स२०० अल्ट्रा’ लाई ‘एसियाका लागि बोआओ फोरमको आधिकारिक स्मार्टफोन’ को उपाधिले सम्मानित गरिएको छ।
हेनानको बोआओमा आजबाट सुरु ‘बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन २०२५’ मा रणनीतिक साझेदार र बोआओ फोरम फर एसिया बोर्ड अफ डाइरेक्टरको नयाँ सदस्यको रूपमा, भिभोले ब्लू टेक्नोलोजी म्याट्रिक्स (ब्लूइमेज, ब्लूएलएम, ब्लूओएस, ब्लूचिप, ब्लूभोल्ट), भिभो भिजन (भिभो एमआर हेडसेट), ६जी प्रगतिलगायतका आफ्ना नविनतम अत्याधुनिक आविष्कारहरू प्रदर्शन गरेको छ । सोही प्रर्दशनको क्रममा ‘भिभो एक्स२०० अल्ट्रा’ लाई ‘एसियाका लागि बोआओ फोरमको आधिकारिक स्मार्टफोन’ को उपाधिले सम्मानित गरिएको हो ।
‘भिभो रिलीज मोमेन्ट’ सत्रमा, भिभोका कार्यकारी उपाध्यक्ष, प्रमुख अपरेटिङ अफिसर र भिभो सेन्ट्रल रिसर्च इन्स्टिच्युटका अध्यक्ष हु बैशानले भिभो चीनमा नम्बर एक घरेलु मोबाइल फोन ब्रान्ड भएको उल्लेख गर्दै विश्वभरका ६० भन्दा बढी देशका ५० करोड भन्दा बढी प्रयोगकर्तामाझ पुगेको बताए ।

कार्यक्रममा हु बैशानले भिभोले आधिकारिक रूपमा भिभो रोबोटिक्स ल्याब स्थापना गरेको खुलासा गरेका छन् । जसले एआई ठूला सिकाई मोडेलहरू र इमेजिङ जस्ता क्षेत्रहरूमा काम गर्नेछ । भिभोले दशकदेखिको आफ्नो ‘ब्लुटेक’ अनुभवको फाइदा उठाउँदै, भिभो भिजन मार्फत कम्प्युटिङ क्षमता विस्तारसँगै, रोबोटहरूको दुई मुख्य क्षेत्र ‘मस्तिष्क’ र ‘आँखा’ विकास गर्नमा ध्यान केन्द्रित गर्ने बैशानले बताए ।
बैशानले भने, ‘बोआओ फोरममा पहिलो पटक अनावरण गरिएको यो भिभो भिजनले भिभोको मिश्रित प्रविधिको अन्वेषणमा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ । अर्को महिना रिलीज हुने तय भएको आगामी भिभो एक्स २०० अल्ट्राले इमेजिङमा भिभोको नवीनतम प्रगतिहरूलाई पनि एकीकृत गर्नेछ।’
बैशानका अनुसार भविष्यमा भिभोले रोबोटिक्सको प्रयोगलाई बढाएर संसारभरका मानिसका दैनिक जीवनमा सहजता ल्याउने गरी उद्योग साझेदारहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको छ।

















प्रतिक्रिया दिनुहोस्