Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंका ४५ स्थानमा गोगोरोको ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा

काठमाडौंका ४५ स्थानमा गोगोरोको ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । उपत्यकाभरि गोगोरोले ४५ पूर्ण रूपमा सञ्चालनमा रहेका ब्याट्री स्व्याप स्टेशनहरू स्थापना गरेको छ। विश्वव्यापी रूपमा दुई पांग्रेका विद्युतीय सवारी साधनका लागि ब्याट्री स्वापिङ प्रविधिमा अग्रणी गोगोरोले स्मार्ट स्कुटर बिक्री अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने उद्देश्य राखेको गोगोरोका यी स्वाप स्टेसनहरूले विद्युतीय स्कुटर प्रयोगकर्ताहरूका लागि झन्झटमुक्त सेवा प्रदान गर्ने लक्ष्य लिएका छन्। प्रत्येक २ देखि ३ किलोमिटरको दुरीमा रहेका यी ४५ स्वाप स्टेशनहरूले चार्जिङको लागि प्रतीक्षा गर्नुपर्ने समस्या हटाउँदै पूर्ण चार्ज भएका ब्याट्रीहरू सजिलै उपलब्ध गराउनेछन्।

केवल ६ सेकेन्डमा ब्याट्री स्वाप गर्न सकिने भएकाले नेपाली ईभी प्रयोगकर्ताहरूले निर्वाध यात्राको सुविधा पाउनेछन्। गोगोरो स्वाप स्टेशनहरू प्रमुख शहरी क्षेत्रहरू तथा तिनका आसपासमा स्थापना गरिएका छन्, जसले यात्रुहरूलाई सहजता प्रदान गर्नेछ।

यी स्वाप स्टेशनहरू २४ सै घण्टा सञ्चालनमा रहनेछन्। पहिलो पटक प्रयोगकर्ताहरूका लागि पनि सहज इन्टरफेसको प्रयोग गरिएको छ, जसले गर्दा ब्याट्री स्वापिङ प्रक्रिया सरल र छरितो हुनेछ। यस सफल विस्तारसँगै गोगोरोले नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit