Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

स्पेनले विद्युतीय सवारीको अनुदान बढायो

स्पेनले विद्युतीय सवारीको अनुदान बढायो
विज्ञापन
Advertisement

काठमाडौं । स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन् २०२५ को सुरुदेखि पुनः लागू गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो योजना वर्षभरि लागू हुनेछ। उक्त योजना अनुसार, विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म अनुदान पाउनेछन्। व्यावसायिक गाडीको हकमा यो रकम नौ युरोसम्म हुनेछ ।

यस योजनाले गाडी किन्नेहरूलाई १५ प्रतिशत कर छुट दिनेछ, जसको सीमा तीन हजार युरो छ । साथै, देशभर विद्युतीय गाडी चार्ज गर्ने स्थान बढाउन पनि सहयोग गरिने उल्लेख छ ।

पर्यावरण मन्त्री सारा आगेसनले मन्त्रिपरिषद्को बैठकपछि यसबारे जानकारी दिंदै भनिन् “यसले विद्युतीय गाडीको माग बढाउन मदत गर्छ र हाम्रो उद्योगलाई बाहिरी समस्याबाट जोगाउँछ ।”

उनका अनुसार यो योजनाले गाडी किन्नेहरूलाई भरपर्दो वातावरण सिर्जना गर्नेछ र विद्युतीय सवारी उत्पादन तथा अन्य सम्बन्धित उद्योगलाई पनि फाइदा पुग्नेछ । “हामीले अहिलेसम्म विद्युतीय सवारी र पूर्वाधारका लागि ३ अर्ब युरो खर्च गरिसकेका छौँ,” आगेसनले बताइन ।

युरोपेली संस्थाका अनुसार, सन् २०२४ मा स्पेनमा एक लाख ३३ हजार ६९९ वटा विद्युतीय गाडी बिक्री भएका छन् । यद्यपि, पूर्ण विद्युतीय र प्लग–इन गाडीको बिक्री अघिल्लो वर्षभन्दा ३.९ प्रतिशतले घटेको थियो। यी गाडीले कुल बिक्रीको ११.४ प्रतिशत ओगटेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit