Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

‘नेपालमा मानव संसाधन विकासका लागि ‘एओटिएस’ जापानको योगदान महत्वपूर्ण’

‘नेपालमा मानव संसाधन विकासका लागि ‘एओटिएस’ जापानको योगदान महत्वपूर्ण’
विज्ञापन
Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालमा मानव संसाधन विकासका लागि एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेसन एन्ड सस्टेनेबल पार्टनरसिप (एओटिएस) जापानको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

एओटिएस जापान नेपाल एलुम्नाई सोसाइटीको आयोजनामा आज ललितपुरमा भएको साउथ एसियन फेडरेसन अफ एओटिएस एलुम्नाई सोसाइटी फेडेरेसनको १४औँ अधिवेशन उद्घाटन सत्रमा उनले नेपालमा मानव संसाधन विकासका साथै जनशक्तिको गुणस्तर, व्यवस्थापन, प्रविधि तथा औद्योगिक विकासका क्षेत्रमा एओटिएस जापानले विगत ३४ वर्षदेखि स्वयंसेवी रूपमा योगदान दिँदै आएको भन्दै प्रशंसा गरे ।

“नेपालको मानव संसाधन विकासलाई जापान तथा दक्षिण एसियाली मुलुकहरूसँग द्विपक्षीय तथा क्षेत्रीय सहयोगमार्फत प्रवर्द्धन गर्ने एओटिएस तथा यसका एलुम्नाईहरूको समर्पण, सामूहिक भावना तथा दृढ इच्छाशक्ति अत्यन्त प्रशंसनीय रहेको छ, यस सम्मेलनमा महत्वपूर्ण विषयमा गरिने छलफलहरू उपलब्धिमूलक हुनेछन्”, उनले भने ।

मन्त्री भण्डारीले नेपालमा एओटिएसको निरन्तर सक्रियता तथा यसको योगदानले यहाँको औद्योगिक विकास, व्यवस्थापन तथा प्रविधिगत नवप्रवर्तनमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले सम्मेलनका माध्यमबाट दक्षिण एसियाली मुलुकहरूबीच आपसी समझदारी, प्रविधि आदानप्रदान तथा व्यावसायिक अवसरहरू सृजना गर्नेसमेत बताए ।

नेपाल एओटिएस एल्मुनाई सोसाइटीका अध्यक्ष किशोरभक्त माथेमाले यस सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा मानव संसाधन विकासका क्षेत्रमा अग्रसर राष्ट्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताए । शनिबार सम्म सञ्चालन हुने अधिवेशनमा बाङ्गलादेश, भारत, जापान, नेपाल र श्रीलङ्काकाका अल्मुनाई सोसाइटीका ५० भन्दा बढी प्रतिनिधि तथा सहभागीहरूको उपस्थिति रहेको उनले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit