Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

अरुण भ्याली हाइड्रोपावर नाफा बढ्यो, कति पुग्यो ?

विज्ञापन
Advertisement

 काठमाडाैँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३४।९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेको र कुल खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड १२ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४१.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड २० लाख रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८६२.६५ प्रतिशत बढेको छ भने कुल आम्दानी २३.७७ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा ३६.८६ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ६० पैसा बढेर १० रुपैयाँ ९ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.६५ गुणा रहेको छ।

३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २२ करोड २ लाख रुपैयाँ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit