Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सहकारी पीडित फेरी आन्दोलनमा

सहकारी पीडित फेरी आन्दोलनमा
विज्ञापन
Advertisement

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध संघीय राजधानी काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

सोमबार पीडितहरु रत्नपार्कमा भेला भएर जमल हुँदै राष्ट्रपति कार्यालयनजिकै धर्ना दिन पुगेका हुन्।

लामो समयदेखि विभिन्न सहकारी तथा बचत संस्थाका सञ्चालकले अपचलन गरेको बचत रकम निशर्त फिर्ता पाउनुपर्ने माग राखी आन्दोलनरत पीडितहरूले राष्ट्रपति भवनअगाडि धर्ना दिन खोजेका थिए। तर, प्रहरीले निषेधित क्षेत्र तोकेर उनिहरुलाई रोकेपछि प्रर्दशनमा आएकाहरु निषेधित क्षेत्रभित्र शान्तिपूर्ण धर्नामा छन् ।

पीडितहरूले सहकारीको स्वनियमन खारेज गर, लघुवित्त पिडितले राष्ट्र बैंकमा दिएको उजुरी छानविन गरी लघुवित्त कम्पनीहरु खारेज गर, मिटर ब्याजी जाली तमसुक रद्द गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर गायतका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit