Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पिरो स्वाद रुचाउनेका लागि सिजीले ल्यायो ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’

पिरो स्वाद रुचाउनेका लागि सिजीले ल्यायो ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली चाउचाउ ब्रान्ड वाइ वाइले नयाँ स्वादमा ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ बजारमा ल्याएको छ। ५० रुपैयाँ मूल्य तोकिएको उक्त चाउचाउ पिरो स्वाद मन पराउनेका लागि लक्षित गरी बजारमा ल्याइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

विगत चार दशकदेखि वाइ वाइले नेपालमा मात्र नभई विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। उपभोक्ताको बदलिंदो स्वाद र रोजाइलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न स्वादका चाउचाउ बजारमा ल्याउँदै आएको जनाएको छ।

हालै बजारमा ल्याइएको यो हट एण्ड स्पाइसी नुडल्स उपभोक्ताहरूको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ। यस नयाँ उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउने कम्पनीको दाबी छ।

‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताहरूको व्यवहार, इच्छाहरू र उनीहरूले मन पराउने अनुभवहरू बुझ्न प्रयास गर्यो। विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौं। प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरिएको हो’, कम्पनीका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले बताए।

वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्सको प्याकेजिङ समेत अन्य ब्रान्डभन्दा भिन्न, आकर्षक र युवा लक्षित रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यसमा २५ वर्षभन्दा माथिका ट्रेन्डी तथा स्वादप्रेमी उपभोक्ताहरूको चाहनालाई समेत समेटिएको कम्पनीले उल्लेख गरेको छ ।

‘पिरोपनको परिभाषा व्यक्ति अनुसार फरक हुन्छ। कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने, कसैले सन्तुलित मसला रुचाउँछन्। हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौं। हामी विश्वस्त छौं, वाइ वाइको यो नयाँ हट एण्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेछ’ सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बताए।

वाइ वाइले हालसालै ‘स्पाइसवर्स टिकटक चुनौती’ नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबैभन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit