Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

तीनकुने घटनाका मुख्य कमान्डर दुर्गा प्रसाईँ पक्राउ

तीनकुने घटनाका मुख्य कमान्डर दुर्गा प्रसाईँ पक्राउ
विज्ञापन
Advertisement

काठमाडाैं । गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । भारतको आसाम राज्यबाट उनी पक्राउ परेका हुन् । पारिवारिक अनुसार, आसाम प्रहरीले उनलाई पूर्वी नाका काँकडभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरिरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

गत चैत १५ गतेको राजसंस्थावादी आन्दोलनपछि प्रसाईं वेपत्ता भएका थिए। उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै सामाजिक सञ्जालमार्फत पटकरपटक भिडियो सन्देशहरू सार्वजनिक गरेका थिए। बुधबार मात्र उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारीवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit