काठमाडौं । नेपाली बजारमा दिनहुँ सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको भाउ आइतबारको तुलनामा २ हजार ५ सय रूपैयाँले उकालो लागेर हालसम्मकै महंगो मूल्य कायम भएको छ ।
सोमबार सुन प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा महंगो कीर्तिमानी मूल्य हो । यसअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला ७ हजार ४०० रूपैयाँले बढेर २ लाख ३० हजार ६०० रूपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रूपैयाँले बढेर चाँदी २ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



कर्पोरेट समाचार 























प्रतिक्रिया दिनुहोस्