काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाल बैंकले उल्लेखनीय रुपमा नाफा बढाएको छ। बैंकले यस अवधिमा २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०३२.८० प्रतिशतले वृद्धि हो। गत आवको सोही अवधिमा बैंकले मात्र १३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको लाभांश वितरण गर्ने क्षमता ३० करोड ६२ लाख रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी ४.८१ प्रतिशतले वृद्धि भई ७ अर्ब १० करोड पुगेको छ भने सञ्चालन नाफा ६३६.८१ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड २७ लाख पुगेको छ।
नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ भने जगेडा कोषमा २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात ५.४५ प्रतिशत छ।
प्रति शेयर आम्दानी(EPS) २५.२६ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ २६।७४ रुपैयाँ रहेको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्