Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

उद्योग दर्तादेखि संचालनसम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुझाव

उद्योग दर्तादेखि संचालनसम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुझाव
विज्ञापन
Advertisement

 काठमाडाैं। उद्योगको दर्ता प्रक्रीयादेखि संचालनमा ल्याउ“दासम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको ध्यानाकर्षण गराएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मुुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिमा सहजिकरण हुुनुुपर्ने चेम्बरको धारणा छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री सिन्हा समक्ष चेम्बरले स्थानीय तह, प्रदेश र संघबीचको अधिकार क्षेत्र स्पष्ट गरी दोहोरो कर र अनुुमतिपत्र हटाउने व्यवस्थाका लागि पहल गर्न समेत आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवालले भने, औद्योगिक र व्यवसायिक वातावरण निर्माणसंगै उद्यमी व्यवसायीहरुको मनोवल उकास्नका लागि सुरक्षाको प्रत्याभूति आवश्यक रहेकोमा जोड दिए ।

यसका लागि अविलम्ब बीमाको बिस्तृत दायरा समेटेर आन्तरिक लगानी प्रवद्र्धन एवं सुरक्षा नीति ल्याउनु पर्ने बताए । रेमिट्यान्सलाई उत्पादन मुखी अर्थतन्त्रमा ल्याउन सरकारी नीति स्पष्ट हुनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए।

नेपालको औद्योगिक क्षमता उपयोग खस्किएको प्रति अध्यक्ष अग्रवालले मन्त्री सिन्हाको ध्यानाकर्षण गराए । उनले भने, ‘नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन अनुसार ०८१-०८२ मा नेपालको औषत औद्योगिक क्षमता उपयोग ४४.५% मा सिमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०-०८१ मा औसत क्षमता उपभोग ४८.३% रहेको थियो, ।’

उद्योग व्यापार र लगानी सम्बनधी नीतिहरुमा वारबार परिवर्तन नहुुने स्पष्ट प्रतिवद्धता सरकारबाट आउनुपर्नेमा उनको भनाई छ । आर्थिक कुटनीतिको माध्यामबाट विश्वबजारहरुको खोजी गरिपर्ने र निर्यातकर्तालाई निर्यात अनुदानको सुनिश्चितता गर्नुपर्ने अध्यक्ष अग्रवालले बताए ।

चेम्बर पदाधिकारीहरुसंगको भेटवार्तामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले मुलुकभित्र औद्योगिक र व्यवसायिक वातावरण निर्माणका लागि सहजीकरणको प्रयास भईरहेको बताए । निजी क्षेत्र र आम सेवाग्राहीलाई प्रसाशनिक र नीतिगत झण्झट कम गर्नका लागि सरकारले प्रयास गरिरहेको मन्त्री सिन्हाको भनाई छ ।

निर्यात अनुुदानमा लागेको बन्देज खुुलाउनका लागि प्रयास भईरहेको मन्त्री सिन्हाले बताए । बजार अनुगमनमा नाममा व्यवसायीलाई दु:ख दिन नहुनेमा सरकार सजग रहेको र स्वदेशी लगानी सुरक्षाका लागि सरकारले गम्भिरताका साथ काम गरिरहेको बताए । मन्त्री सिन्हाले आद्यौगिक वातावरण सहज बनाउन सरकार प्रतिवद्ध रहेको समेत बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit