Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल

केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल
विज्ञापन
Advertisement

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल सुरु गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै घटनाबारे छानबिन गर्न कुटनीतिक पहल थालेको बताइन् ।

“परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य, तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ ।”

बारा सिम्रौनगढकी प्रिशा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलमा रहेको आफ्नै कोठामा मृत फेला परेकी थिइन। मृत भेटिएकी साहको शव प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएर घटनास्थलबाट अन्यत्र लगेको ओडिशाटीभी अनलाइनले जनाएको छ । उनको शव झुन्डिएको अवस्थामा भेटिएको भनेर कलेज प्रशासनले उल्लेख गरेपनि प्रहरी पुग्नुअघि नै शव विश्वविद्यालयका कर्मचारीले निकालेको पाइएको हो ।
ओडिशाको इन्फोसिटी प्रहरी कार्यालयमा कार्यरत कन्स्टेबल निराकर खटुआले भने शव प्रहरीले निकालेर पोस्टमार्टमका लागि भुवनेश्वरस्थित एम्स अस्पतालमा ल्याएको बताएका छन् ।

यद्यपी विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। यसअघि गत फागुन ४ गते सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमै मृत फेला परेकी थिइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit