images images images
images images images
images
images
images

चिनियाँ राष्ट्रपति सीले रुसको भ्रमण गर्दै

images

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसको भ्रमण गर्ने भएका छन् । क्रेमलिनले आइतबार जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म चिनफिङले रूसको भ्रमण गर्ने जनाएको छ ।

रुसी राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्दै छन् ।

images
images

रुसी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई देशका राष्ट्रप्रमुख र सरकारका मन्त्रीहरू सहभागी हुने भ्रमणको शिलशिलामा द्विपक्षीय दस्तावेजहरूको शृङ्खलामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।”

चीनले तीन वर्षे युद्धमा आफूलाई तटस्थ पक्षका रूपमा चित्रित गरेको छ । यद्यपि पश्चिमा सरकारहरूले रुससँगको घनिष्ठ सम्बन्धले मस्कोलाई महत्वपूर्ण आर्थिक र कूटनीतिक सहयोग दिएको बताएका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्