काठमाडौं । नेपालका लागि केई इभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जिओ अटोमोबाइल्सले ‘केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन्।
यो कार्निभल आगामी बैशाख २६ देखि २८ गतेसम्म काठमाडौंको थापाथलीस्थित कायी शोरुममा सञ्चालन हुनेछ। कार्यक्रममा कायी ब्रान्डका विद्युतीय सवारीसाधनहरूमा विशेष एक्सचेन्ज अफरहरू ल्याइने आयोजकले जनाएको छ।कार्निभलमा पुराना गाडी एक्सचेन्ज गरी केई इभीका तीन मोडलहरू—इ-क्युट ०२, इ-क्युट ०४ र एक्स ३ प्रो—विशेष अफरसहित उपलब्ध हुनेछन्।
कम्पनीका अनुसार कार्निभलमा सहभागी हुने ग्राहकले ‘अन-द-स्पट’ सवारी मूल्यांकन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट, र मूल्यांकन गराउँदा २ जनाका लागि क्यूएफएक्स हलको फिल्म टिकट पनि प्राप्त गर्नेछन्।
त्यसैगरी, बीमा र सडक कर कभरेज, चयनित मोडलमा एक्सचेन्ज बोनस तथा हरेक बुकिङमा रोमाञ्चक रिवार्ड पनि पाइनेछ। इ-क्युट मोडल खरिदमा बोस जेट कार वासर र एक्स ३ प्रो खरिदमा बोस वासिङ मेसिन प्राप्त हुने कम्पनीले जानकारी दिएको छ।
कार्निभलमा पारिवारिक मनोरञ्जनका गतिविधिहरू, रमाइला खेलकुद र संगीत प्रस्तुति पनि समावेश गरिनेछ। कम्पनीका अनुसार यस कार्निभलको उद्देश्य विद्युतीय सवारी प्रयोगमा स्मार्ट, सुविधा सम्पन्न र रमाइलो अनुभव प्रदान गर्दै स्तरोन्नति गर्न उपभोक्तालाई प्रोत्साहन गर्नु हो। कार्निभलले ईभी पारखीहरू र उनीहरूका परिवारलाई लक्षित गर्दै जानकारी, अनुभव र उत्सवको संयोजन गर्नेछ।

















प्रतिक्रिया दिनुहोस्