काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘सानिमा रिलायन्स सरल तथा एकल जीवन बीमा योजना’ लाई बीमितहरूको रुचाएका छन् ।
आकर्षक सुविधाहरूले भरिपूर्ण उक्त योजना ग्राहकको रोजाइमा परेको हो ।
यो बीमालेखमा न्यूनतम बीमाशुल्कमै अधिकतम बचत तथा रक्षावरण सुविधा उपलब्ध छ । यो योजनामा भुक्तानी तरिका समेत लचिलो रहेको छ भने बीमितहरूले दुई तरिकाबाट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । पहिलो, बीमितले बीमा गर्ने बेलामा नै एकमुष्ट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । दोस्रो, बीमा अवधिभर किस्ता–किस्तामा बीमाशुल्क तिर्दै जाने हो । यसमा बीमितले त्रैमासिक, अर्धवार्षिक र वार्षिक भुक्तानी गनी तीनवटा विकल्पहरु रोज्न सक्नेछन् ।
यो बीमा योजनामा बीमितले अतिरिक्त शुल्क भुक्तानी गरेर ४ किसिमका सुविधा प्राप्त गर्न सक्छन् । जसअन्तर्गत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता, बीमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण सुविधा प्राप्त गर्नेछन् । यस्तै, बीमालेख चालु रहँदै बीमितको दुर्घटनाबाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोब्बर रकम आश्रीतले एकमुष्ट भुक्तानी प्राप्त गर्न सक्नेछ। साथै, पूर्ण स्थायी अशक्तता सुविधा अन्तर्गत बीमितलाई बीमांक सम्मको रकम अधिकतम १२० महिनासम्म मासिक किस्तामा भुक्तानी गरिनेछ । यसका साथै बीमा शुल्कमा छुट सुविधासमेत पाइनेछ । यदि बीमित कुनै दुर्घटना पश्चात पूर्ण स्थायी असक्तता भएमा उसको तिर्न बाँकी बीमाशुल्क पुरै मिनाहा हुनेछ ।
घातक रोग रक्षावरण सुविधा अन्तर्गत बीमित कुनै घातक रोगको शिकार बनेको अवस्थामा ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी प्राप्त गर्नेछन् । जसमा विभिन्न १८ घातक रोगहरु (क्यान्सर, मिर्गौला फेल (अन्तिम चरणको मिर्गौला फेल), प्राथमिक पल्मोनरी एटेरियल हाइपरटेन्सन, मल्टिपल स्क्लेरोसिस, प्रमुख अंग प्रत्यारोपण, पक्षाघात, पार्किन्सन लगायत) समावेश छन् । बीमा बचतका लागि मात्रै नभई भविष्यमा हुन सक्ने घातक रोगको जोखिमपूर्ण अवस्थामा आर्थिक भार कम गर्नका लागि पनि यो बीमा योजनामा बीमितहरुको आकर्षण बढ्दो छ ।
यस बीमा योजना खरिद गर्न बीमितको उमेर १८ वर्ष पूरा भई बढीमा ६० वर्ष ननाघेको हुनुपर्ने छ । बीमा समय न्यूनतम ७ वर्ष देखि अधिकतम ५२ वर्ष सम्मको हुने छ । बीमितहरुले न्युनतम २५ हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा अधिकतम बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिने कम्पनीले जानकारी दिएको छ। यस योजनामा बीमितहरुले बीमाअवधि पूरा भएपछि बीमांक रकम र पूरा अवधिको बोनस एकमुष्ठ रूपमा पाउनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमांक रकम र सो अवधिसम्मको बोनस समेत बीमितको हकवालाले पाउनेछन्।
सानिमा रिलायन्सको यो बीमा योजनाले बचत गर्ने बानीको विकास सँगै भविष्यमा आउन सक्ने जोखिमबाट आर्थिक संकटलाई सहजता प्रदान गर्न सघाउँछ । नेपालमै उत्कृष्ट जीवन बीमालेख प्रदान गरिरहेको सानिमा रिलायन्सले नेपाली समाजको आवश्यकता अनुसार फरक र नयाँ किसिमका बीमालेखहरू ल्याइरहेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्