Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

बजेटलाई उत्पादन र जनमुखी बनाउन सुझाव

बजेटलाई उत्पादन र जनमुखी बनाउन सुझाव
विज्ञापन
Advertisement

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले) को शीर्ष तहमा छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरुबीच बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

“पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहेक सबै सचिवालयका सदस्यहरु बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा बजेटलाई जनमुखी बनाउने विषयमा छलफल भयो । बजेटले उत्पादन र जनताका समस्या समाधान केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिनुभएको थियो ।”

उनले यसअघि यही वैशाख २१ गते बसेको सचिवालय बैठकमा सबै सचिवालयका सदस्यहरुले समय अभावका कारण सुझाव दिन नसकेपछि आज बजेटबारे छलफल गर्नुभएको जानकारी दिए । कार्यालय सचिव डा अधिकारीका अनुसार कृषि, उद्योग, विकास निर्माणको साथै मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव नेताहरुले दिए ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य र गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ र पद्मा अर्याल सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit