Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

औपचारिक रुपमा दर्ता भयो नेपाल शेयर बजार लगानीकर्ता संघ

औपचारिक रुपमा दर्ता भयो नेपाल शेयर बजार लगानीकर्ता संघ
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल शेयर बजार लगानीकर्ता संघ औपचारिक रुपमा दर्ता भएको छ । गत बैशाख १६ गते संघ काठमाडौं जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको हो। संघले बुधबार एक विज्ञप्ति जारी गर्दै औपचारिक दर्ता भएर शेयर लगानीकर्ताको हितमा काम गर्ने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

संघले यस अघि देखि नै नियामक निकायहरू तथा राज्यका सम्बन्धित संस्थाहरूको ढिलासुस्ती, पारदर्शिताको अभाव, निर्णय कार्यान्वयनमा कमजोरी, सूचनाको पहुँच अभावजस्ता विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आएको छ। साथै संघले शेयर बजारमा स्थायीत्व ल्याउनका लागि दीर्घकालीन नीति निर्माण, लगानी शिक्षा, सूचना प्रवाह र नियमन प्रणाली सुधारको माग समेत गरेको छ।

विज्ञप्तिमा आगामी दिनहरूमा संघले बजार सुदृढीकरणका लागि थप व्यापक छलफल, अन्तरक्रिया तथा अभियानहरू सञ्चालन गर्ने उल्लेख गरिएको छ। यसक्रममा संघले सम्पूर्ण लगानीकर्ता, सरकार, नियामक निकाय तथा सरोकारवालाहरूलाई सहकार्य र संवादमा सहभागी हुन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit