Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्लम्बिङ, इलेक्ट्रिकल लगायतका १५ बढी सर्भिस अब भेटायो एपबाटै लिन सकिने

प्लम्बिङ, इलेक्ट्रिकल लगायतका १५ बढी सर्भिस अब भेटायो एपबाटै लिन सकिने
विज्ञापन
Advertisement

काठमाडौं । भेटायो एपले प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, लन्ड्रीलगायतका विभिन्न १५ भन्दा बढि सेवाहरुमा वार्षिक मर्मत सम्झौता प्रदान गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालकै अग्रणी अन डिमान्ड प्रोफेशनल सेवा उपलब्ध गराउने प्लेटफर्म भेटायोले सिटिइभिटीबाट मान्यता प्राप्त दक्ष प्राविधिकहरुबाट ग्राहकलाई  सेवा दिँदै आएको छ ।
यस प्याकेजमा विशेषगरी ठुला व्यवसायीक ग्राहकहरु लक्षित सेवा उपलब्ध गराइँदै आएको उल्लेख गरिएको छ । भेटायोको वार्षिक मर्मत सम्झौता प्याकेज ग्राहकलाई एक वर्षसम्म नियमित रूपमा मर्मत, जाँच, र आवश्यक सेवा उपलब्ध गराउने सेवा सम्झौता हो। यो प्याकेज अन्तर्गत ग्राहकले चाहेको कुनैपनि सेवाहरु निश्चित शुल्क लिई प्राप्त गर्न सक्दछन् ।

ग्राहकलाई आवश्यक सेवाहरु बुकिङ गर्न सकिने यस भेटायो एपमा प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, लन्ड्री, लगायत १५ भन्दा बढि सेवाहरु एपमार्फत उपलब्ध गराएको छ । यो प्याकेज विशेषगरी शिक्षा, स्वास्थ, वित्तीय क्षेत्र, सरकारी कार्यलय, होटेल तथा रेष्टुरेन्ट, कर्पोरेट लगायत अन्य
व्यवसायीक भवनहरुको लागि तयार पारिएको प्याकेज हो।

भेटायो वार्षिक मर्मत सम्झौताको विशेषताहरु :

रुटिन चेकअप
१ घण्टाभित्र सेवा प्रदान
निःशुल्क परामर्श (हटलाइन वा प्रत्यक्ष)
निःशुल्क सेवा निरीक्षण
३० दिनको सर्भिस वारेन्टी
अफ–आवर सेवा
गुणस्तरीय समानको प्रयोग
जब कार्ड
त्रैमासिक रिपोर्ट
दक्ष अनुभवि टेक्निसियनद्वारा सेवा प्रदान

यसमा ग्राहकले सम्झौता अनुरुप मर्मत र नियमित जाँच सेवा प्राप्त गर्नेछ। यो प्याकेज लिएपश्चात सम्झौता अनुरुप सम्बन्धित ग्राहकको सेवा सम्बन्धि सम्पुर्ण कामको जिम्मेवारी भेटायोले नै लिएर पूरा गर्दछ । सेवा शुल्क १ हजार ५ सय रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit