Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न, विजेता तस्बिरहरू ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शनीमा

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न, विजेता तस्बिरहरू ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शनीमा
विज्ञापन
Advertisement

काठमाडौं ।  बजाज नेपालले आयोजना गरेको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाको प्रतिनिधित्व गर्ने तस्बिरहरू पठाउन आमन्त्रित गरिएको थियो, जसले नेपाली संस्कृति र बाइकप्रेमीहरूको समर्पणलाई उजागर गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

७० भन्दा बढी सहभागीहरूमध्येबाट कलात्मक, सिर्जनात्मक र भावनात्मक पक्षले भरिएका तस्बिरहरू प्राप्त भएका थिए। बहुपक्षीय मूल्यांकनपछि १२ जना विजेताहरूलाई छनोट गरिएको छ। ती विजेताहरूका तस्बिरहरू बजाजको नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा प्रकाशित गरिनेछ। साथै, प्रत्येक विजेताले रु. १०,००० बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

यी उत्कृष्ट तस्बिरहरू हाल भृकुटीमण्डपमा जारी बजाज ग्राण्ड कर्निभल २०८२ मा पनि प्रदर्शनीमा राखिएका छन्। वैशाख १६ देखि २७ गतेसम्म चल्ने कर्निभलमा ग्राहकहरूका लागि शून्य सर्भिस चार्जमा बाइक खरिद, अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज, तथा विज्ञ मूल्यांकनकर्ताहरूबाट ग्यारेन्टी गरिएको पुनर्बिक्री मूल्यको व्यवस्था जस्ता आकर्षक अफरहरू उपलब्ध छन्। साथै, नयाँ बाइक खरिदकर्ताहरूका लागि ‘बजाज खुसीको मिटर’ खेल्ने अवसर समेत प्रदान गरिएको छ, जहाँबाट थप उपहारहरू जित्न सकिन्छ।

हंसराज हुंलासचन्द एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अमितराज चालिसेले प्रतियोगिता बारे भनाइ दिँदै भने, “यो प्रतियोगिता हाम्रो ब्रान्ड र ग्राहकहरूबीचको सम्बन्धलाई झन बलियो बनाउने अभियान हो। प्रत्येक नेपाली महिनालाई तस्बिरमार्फत सम्मान गर्न पाउँदा हामी निकै उत्साहित छौं। यसले ग्राहकहरूसँग हाम्रो यात्रालाई अझ नजिक र अर्थपूर्ण बनाएको छ।”

नेपालमा स्टाइल, प्रदर्शन र बजेटमैत्री विशेषताका कारण बजाज मोटरसाइकल लामो समयदेखि लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुँदै आएको छ। ‘Wheels of Memory’ जस्ता सिर्जनात्मक कार्यक्रममार्फत ब्रान्डले बाइकिङ समुदायसँगको सम्बन्ध अझ प्रगाढ बनाउँदै आएको देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit