Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

थाई फुड्सद्वारा ४० करोड लगानीमा चाउचाउ उत्पादन केन्द्र विस्तार

थाई फुड्सद्वारा ४० करोड लगानीमा चाउचाउ उत्पादन केन्द्र विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । एसियन थाई फुड्स प्रालिले कपिलवस्तु नगरपालिका–६ गोबरीमा चाउचाउ उद्योग सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मोरङमा दुई दशक अघि सञ्चालनमा आएको उक्त उद्योगको दोस्रो उत्पादन केन्द्र (शाखा) को रुपमा बुधबारदेखि रामनगरमा ‘प्रीति’, ‘टुपीएम’ लगायत चाउचाउ उत्पादन सुरु गरेको छ । कम्पनीले लोकप्रिय ब्रान्डहरू-‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ। कम्पनीले यी उत्पादनहरू भारत लगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ।

करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिनेछ भने क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना रहेको प्रालिका प्रबन्धक महेश जाजुले जानकारी दिए । उद्योग सञ्चालनमा आउँदा लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। हाल कपिलवस्तुको उद्योगमा २ सय ५० जनालाई रोजगारी पाइरहेको जाजुले बताए ।

उद्योगमा अहिले ४० करोड लगानी रहेको बताएका जाजुले चालु पुँजीमा थप २० करोड रुपैयाँ रकम आवश्यक पर्ने बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit