Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नाफा बुक गर्ने लगानीकर्ताहरुको होडले किनबेचमा चाप पर्दा घट्यो नेप्से

नाफा बुक गर्ने लगानीकर्ताहरुको होडले किनबेचमा चाप पर्दा घट्यो नेप्से
विज्ञापन
Advertisement

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यो दिन नेप्से परिसूचक १२.०४अंकले घटेर २ हजार ६६१.६४ विन्दुमा बन्द भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार १५० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स,ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, च्याङ्दी हाइड्रो, ओमश्री फार्मास्यूटिकल्स, आइसीएफसी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै यो दिन नारायाणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको शेयर मूल्यमा भारी पहिरो गएको छ । यी बैंकको ४ प्रतिशतदेखि ७ प्रतिशतसम्मले घटेको छ । अघिल्लो दिन बजार बढ्दा यो दिन लगानीकर्ताहरुले नाफा बुक गर्दा कारोबार रकम बढेको छ । यो दिन ३ करोड कित्ता शेयर किनबेचहुँदा ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीमा न्यादी ग्रुप पावर, सानिमा मई हाइड्रो पावर, युनिभर्सल पावर कम्पनी र राधि विद्युत कम्पनीको ४३ करोड ३९ लाख रुपैयाँदेखि ७८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती प्रक्रिया अनिश्चत बन्दा शेयर बजारप्रति लगानीकर्ता निराश बनेका छन् । गभर्नर नियुक्ती वित्तीय क्षेत्रसँग सरोकार राख्ने एउटा महत्वपूर्ण पद हो । उनले ल्याउने नीतिमा आर्थिक रुपमा फरक पर्दछ । करिब एकमहिनासम्म पनि गभर्नर नियुक्ती हुन सकेको छैन । प्रतिस्पर्धामा हालकी कामु गभर्नर निलम तिमल्सिना, डा. गुणाकर भट्ट र ज्ञानेन्द्र ढुंगाना छन् । त्यसमध्ये कसलाइ बनाउने भन्ने अन्योल छ । हालसम्म पनि गभर्नर सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन । जसले गर्दा शेयर लगानीकर्ताहरुको ठुलो अपेक्षाबीच पनि बजारमामा उत्तार चढाब आइरहेको लगानीकर्ताहरुको विश्लेषण छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit