Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘राम्रो प्रर्दशनी केन्द्रको अभावमा हाम्रा उत्पादनको ब्रान्डिङ अन्तर्राष्ट्रियकरण हुन सकेन’

‘राम्रो प्रर्दशनी केन्द्रको अभावमा हाम्रा उत्पादनको ब्रान्डिङ अन्तर्राष्ट्रियकरण हुन सकेन’
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र देशको आर्थिक विकासमा अन्तर्राष्ट्रिय व्यापार मेलाले महत्वपूर्ण योगदान पुरयाउने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहिबारदेखी काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले
देशको अर्थतन्त्र अझै पनि जटिल अवस्थामा रहेको उल्लेख गर्दै बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको जानकारी दिए । यस्तै, उनले उक्त मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न तथा लगानी आकर्षित गर्न महत्वपूर्या भुमिका खेल्ने बताए । ‘मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न, र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।

श्रेष्ठले भृकुटीमण्डपको अवस्था जीर्ण भएकाले अन्तर्राष्ट्रियस्तरको मेला महोत्सवको आयोजना गर्न निकै समस्या भैरहेको बताए । उनले भने, ‘भृकुटीमण्डपको अवस्था जीर्ण छ । हामीले सोंचेअनुसारको मेलालाई सभ्य र भव्य बनाउन सकिरहेका छैनौं । हाम्रा छिमेकी मुलुकमा अन्तर्राष्ट्रियस्तरीय प्रर्दशनी केन्द्र छन् । प्रदर्शनी केन्द्रको अभावले हाम्रो उत्पादन अनि हाम्रो ब्राण्डिङको अन्तर्राष्ट्रियकरण हुन सकेको छैन ।’

यस्तै उनले व्यवस्थित मेला तथा प्रदर्शनीस्थल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । श्रेष्ठले ‘सरकारले आगामी नीति तथा कार्यक्रममा भृकुटीमण्डपलाई व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी तथा सभा, समारोह, गोष्ठी सेमिनारलगायत मनोरञ्जन पार्क बनाउने उल्लेख गरेको भन्दै त्यसलाई पूरा गर्नुपर्ने बताए ।
‘सरकारले आगामी नीति तथा कार्यक्रममा भृकुटीमण्डपलाई व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी तथा सभा, समारोह, गोष्ठी सेमिनारलगायत मनोरञ्जन पार्क बनाउने भनेको छ यसलाई दबाउने काम नहोस्’ श्रेष्ठले भने ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताए । नेपाल, चीन र बंगदादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।
आजदेखि सञ्चालन भएको व्यापार मेला आगामी बैशाख २९ गतेसम्म चल्ने छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit