काठमाडौं । पछिल्लो समय सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना’ ग्राहकको रोजाइमा परेको छ । ग्यारेन्टेड प्रतिफल सहित आएको यस जीवन बीमा योजनामा ग्राहकलाई बोनसको चिन्ताबाट निश्चिन्त गराएको इन्स्योरेन्सले जनाएको छ ।
आफूले तिर्न सक्ने बीमाशुल्कको आधारमा बीमाङ्क कायम हुने र जोखिम बहनसँगै बीमा अवधिको समाप्तिमा ग्यारेन्टीको रकम फिर्ता पाईने यस योजनामा आकर्षण बढ्दो रहेको बताइएको छ । ग्राहकलाई बीमा गर्नका लागि अन्य बीमालेखमा भन्दा यस बीमालेखमा बीमा परिपक्व हुँदा आर्जित भुक्तानी रकममा फरक नपर्ने उल्लेख छ । यस्तै, बीमा शुरू भएको मितिमा नै आधारभूत बीमाशुल्कको २.५ गुणा सम्मको एकमुस्ट भुक्तानीको ग्यारेन्टी समेत यस पोलिसीमा रहेको छ ।
सीमित समयमा मात्रै बीमाशुल्क भुक्तानी गरी लामो समय जोखिम बहन हुने आकर्षक सुविधा समावेश भएकाले यस बीमालेखमा ग्राहकको आकर्षण बढेको हो । आफूसँग केही समयसम्म रहने बचतबाट नै यसको बीमा गर्न सकिने भएकाले पनि यो बीमालेख किन्न सहज रहेको कम्पनीको भनाइ छ । ५ र ७ वर्षसम्मको मात्र बीमाशुल्क भुक्तानी गरेर १६ र २० वर्षसम्मको दीर्घकालिन बचत र जोखिम बहन गर्न सकिने भएकाले यो बीमालेख धेरैका लागि उपयुक्त हुन्छ ।
यसमा आधारभूत बीमाशुल्कको न्यूनतम २ गुणा देखि अधिकतम २.५ गुणा सम्म रक्षावरण लाभपाउन सकिन्छ । यो योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता र तत्कालको क्षमता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । सीमित अबधिको लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा र परिपक्व रकम ग्यारेन्टीका साथ पाउन सकिने आकर्षक विशेषता समेत यस बीमालेखमा रहेको छ ।
कसरी गर्न सकिन्छ यस्तो बीमा ?
यस बीमालेख कसरी गर्दा सबै लाभ पाउन सकिन्छ? भन्ने विषयलाई बुझ्न तल ३५ वर्षीय कुबेरलाई उदाहरणका रुपमा हेरौँ ।
३५ वर्षीय कुबेरले २० वर्ष बीमा अवधिका लागि यस बीमा लेख रोज्छन् । यसमा उनले बीमाशुल्क सात वर्षमा तिरिसक्ने गरी सम्झौता गर्छन् ।
उनले प्रत्येक वर्ष आधारभूत बीमाशुल्क एक लाख रुपैयाँ वा १ लाख ३६ हजार ३१३ (पूरक करार सुविधा सहित) भुक्तानी गर्ने विकल्प रोज्छन् । यस अनुसार कुबेरको १७ लाख ५० हजार रुपैयाँ बीमाङ्क कायम हुन्छ । यसका लागि उनले ७ वर्षमा ९ लाख ५४ हजार १९१ रुपैयाँ मात्र तिर्छन् ।
कम्पनीका अनुसार, यस बीमालेखमा कुबेरलाई बीमा अवधिको समाप्तिमा १७ लाख ५० हजार रुपैयाँ (भुक्तानी गरेको आधारभूत बीमाशुल्कको २.५ गुणा) रकम भुक्तानी कम्पनीद्वारा गरिने छ । यस्तै, कुबेर दुर्घटनाका कारण पूर्ण स्थायी रुपमा अशक्त भएमा १७ लाख ५० हजार रुपैयाँ बीमाङ्क बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी कम्पनीले गर्नेछ । दुर्घटना मिति पछि बीमाशुल्क मिनाहा गरिने समेत कम्पनीले सुनिश्चितता गरेको छ ।
यस्तै कुनै कारणबस कुबेरको मृत्यु भएमा उनको हकवालालाई घटना घटेको मितिको आधारमा १७ लाख ५० हजार रुपैयाँसम्म र दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु भएमा उनको हकवालालाई १७ लाख ५० हजार रुपैयाँ थप रकम एकमुष्ट भुक्तानी गरिने छ ।
घातक रोग सुविधा
घातक रोग सुविधा अन्तर्गत कुबेरलाई १८ मध्ये कुनै एक घातक रोगको चिकित्सकीय रुपमा प्रमाणित भएमा उपचारका लागि एकमुष्ट १७ लाख ५० हजार रुपैयाँ भुक्तानी कम्पनीले गर्दछ ।

















प्रतिक्रिया दिनुहोस्