Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता
विज्ञापन
Advertisement

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार भएको भेटमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले आउने जेठ १५ गते बजेट ल्याउँदै छ । पछिल्लो समय बजेट निर्माणको तीव्र तयारीमा लागेका अर्थमन्त्रीले बाह्य साझेदार दातृ निकायका प्रतिनिधिसँगको भेट र छलफललाई तीव्रता दिई सल्लाह सुझाव लिने क्रमलाई जारी राखेका छन् ।

सोही क्रममा पौडेलले विश्वको सबैभन्दा ठूलो बहुपक्षीय दातृ निकाय विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष राइजरको प्रतिनिधि टोलीसँग छलफल गरेका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit