काठमाण्डौं । प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच एक विशेष समझदारीपत्रमा आज हस्ताक्षर भएको छ। यस समझदारी अनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले इला होटल्स तथा मौलाकाली केबलकारमा विभिन्न छुट र विशेष सेवाहरू प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा प्रभु बैंक लिमिटेडकी प्रमुख प्रदेश अधिकृत श्रीमती सांग्रीला श्रेष्ठ र इला होटल्स तथा मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक श्री अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन्।
सम्झदारी अनुसार, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले निम्न विशेष छुटहरू पाउनेछन् । जसमा इला होटल्समा खानपान सेवामा १० प्रतिशत छुट, मौलाकाली केबलकारको टिकटमा २० प्रतिशत छुट, होटलको आवास सेवामा १० प्रतिशत छुट, साथै केबलकार यात्रा निःशुल्कको व्यवस्था गरिएको छ।
सम्झदारीले बैंक र पर्यटन क्षेत्रको साझेदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। ग्राहकहरूलाई गुणस्तरीय सेवा र छुटको साथ नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यलाई सबै पक्षले सकारात्मक रुपमा लिएका छन्।
‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रवाह गर्दै आएको प्रभु बैंक हाल नेपालभर ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। हालै मात्र बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकले फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४ अवार्ड पनि प्राप्त गरिसकेको छ।
बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत प्रतिस्पर्धी र गुणस्तरीय सेवा विस्तार गर्दै देशको अग्रणी बैंकको रूपमा आफ्नो पहिचान बनाइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्