Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हुन्डाईले ल्यायो इलेक्ट्रिक सवारी साधनहरूमा प्रि–बजेट अफर

हुन्डाईले ल्यायो इलेक्ट्रिक सवारी साधनहरूमा प्रि–बजेट अफर
विज्ञापन
Advertisement

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि–बजेट अफर ल्याएको छ ।  सीमित समयको लागि ल्याइएको यो अफर आजदेखि जेठ १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार ग्राहकहरूलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागु गरिएको यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो ।

प्रि–बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन् । साथै, ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन् । यसका तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ समेत अफरमा उल्लेख गरिएको छ ।

जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउने कम्पनीको भनाइ छ।

यो प्रि–बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुबिधा प्रदान गर्ने एक सक्रिय पहल रहेको उल्लेख गर्दै कम्पनीले इभी गाडीका पारखीहरुका लागि प्रत्येक मोडेलमा विशेष अफरहरू प्रदान गर्ने जनाएको छ । सो बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गरी अफरको फाइदा उठाउन कम्पनीले नजिकको हुन्डाई शोरूममा गई बुझ्नलाई आग्रह समेत  गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit