Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कालीमाटी बजारमा आजको सागसब्जी र फलफूलको मूल्य कति ?

कालीमाटी बजारमा आजको सागसब्जी र फलफूलको मूल्य कति ?
विज्ञापन
Advertisement


काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले विभिन्न प्रकारका तरकारी, फलफूल, मसला र माछाको मूल्य निर्धारण गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ४० रुपैयाँमा निर्धारण गरिएको छ भने भारतीय गोलभेँडा ६० रुपैयाँमा पर्छ। टनेलमा उत्पादन भएको सानो गोलभेँडा प्रतिकिलो ७० रुपैयाँमा बिक्री हुने छ। आलु, प्याज र गाजरजस्ता दैनिक उपभोग्य तरकारीको मूल्य पनि तोकिएको छ। आलु रातो (नेपाली) ४० र भारतीय आलु ३८ रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुनेछ।

त्यसैगरी, प्याज (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल) ५० रुपैयाँ र गाजर (तराई) ३० रुपैयाँमा उपलब्ध छन्। अन्य तरकारीहरूमा बन्दा (लोकल) १५, काउली ४०, भन्टा २५, बोडी ५०–७० र मटरकोसा १२० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलतर्फ हेर्दा, स्याउ (झोले) २५०, स्याउ (फूजी) ३००, केरा प्रति दर्जन १५०, अनार ३२०, आँप (दशहरी) २५०, अङ्गुर (हरियो) २२०, अङ्गुर (कालो) ३२० र आभोकाडो ७५० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।

त्यस्तै, मसला तथा अन्य वस्तुहरूमा अदुवा १२०, हरियो खुर्सानी ८०, अकबरे खुर्सानी ३५०, लसुन (नेपाली) २००, लसुन (चाइनिज) ३००, हरियो धनिया ७० र ताजा माछा (रहु) ३२०, (छडी) २४० रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुने समितिले जानकारी दिएको छ।

समितिका अनुसार मूल्य निर्धारण उत्पादनको किसिम, उत्पादन क्षेत्र र आपूर्तिको अवस्थालाई मध्यनजर गरी गरिएको हो। उपभोक्ताहरूलाई उचित मूल्यमा तरकारी र फलफूल उपलब्ध गराउने उद्देश्यले नियमितरूपमा मूल्य सार्वजनिक गरिँदै आएको समितिले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit