Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्’

‘आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्’
विज्ञापन
Advertisement

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा जनतालाई अनावश्यक करको भार पर्ने कार्य नगर्न सरकारसँग आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विगतमा पनि सरकारले जनतालाई राज्यद्वारा उपलब्ध गराइने सेवा सुविधालाई सरल र सहज तुल्याउन ध्यान नदिएको आरोप भन्दै उनले जनतामा करको भार वृद्धि हुँदा देशमा उत्पादन, व्यापार र व्यवसाय सुस्ताउने धारणा राखे ।

सङ्घीय संसद्भवनस्थित आफ्नो कार्यकक्षमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष साहले करको भारकै कारण प्रत्येक वस्तु महँगो भएको बताए । “पछिल्ला वर्षहरूमा जनताले निरन्तर भन्दै आएका छन्, हामीलाई करको भार बढ्यो । करका कारण दैनिक उपभोग्यलगायतका हरेक चीजवस्तु महँगो भयो ।”

यस्तै उनले देशको आम्दानीको ठूलो स्रोत वन, जलस्रोतलगायतको सही उपयोग गर्न सुझाव दिँदै ती स्रोतको संरक्षणका लागि गरिएको लगानीअनुरुप राज्यले लाभ लिन नसकिरहेको बताए ।

राज्यले चलाउन नसकेको उद्योगधन्दा एउटा व्यक्तिविशेषले कसरी चलाउन सक्छ भनी प्रश्न गर्दै अध्यक्ष साहले देशको अर्थतन्त्र जोगाउन, रोजगारी सिर्जना गर्न विद्यमान कर प्रणालीको पुनरावलोकन जरूरी रहेको धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit