Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रभु बैंक र बाग्लुङस्थित इला रिर्सोटबीच सेवा छुटसम्बन्धी सम्झौता

प्रभु बैंक र बाग्लुङस्थित इला रिर्सोटबीच सेवा छुटसम्बन्धी सम्झौता
विज्ञापन
Advertisement

पोखरा । प्रभु बैंक लिमिटेड र इला कम्र्फट होटल एण्ड रिसोर्टबीच ग्राहक तथा कर्मचारी लक्षित सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बाग्लुङ नपरपालिका वडा नम्बर–२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिसोर्टका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एन.बि.सि.ओ.) राजु रानाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट पाउनेछन् । यस्तै, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा रहेको इला रिसोर्टसँग बैंकले गरेको यो साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्नुको साथै बैंकका ग्राहकहरु समेत लाभान्वित हुने बताइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit