Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरूले बाल सुधारगृहमा देखिएका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, आज बसेको बैठकमा सांसदहरुले नजिकिँदो मनसुनलाई ध्यानमा राखी आवश्यक तयारी गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराए।

बैठकको शून्य समयमा बाल सुधार गृहमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न सांसद कृष्णबहादुर रोकायाले माग गरे । उनले देशभर जम्मा नौ वटा सुधार गृह भएको र भएकामा पनि क्षमताभन्दा बढी रहेकाले विभिन्न समस्या देखिरहेको बताए । उनले भने, “कर्णाली प्रदेशमा त एउटा पनि बाल सुधार गृह छैन । अत्यधिक भीडभाड, पर्याप्त शौचालय, शिक्षा र परामर्शको अभाव तथा आवश्यक सुविधाबाट वञ्चित छन् । बालगृहमा देखिएका समस्याको सुधार गर्न आग्रह गर्छु ।”

सांसद घनश्याम रिजालले गत वर्ष बाढी पहिरोले वितण्डा निम्त्याएको र यो वर्ष पनि औसतभन्दा बढी पानी पर्ने आकलन गरिएकोमा उद्धार तथा राहत र आवश्यक तयारीका लागि सरकारलाई ध्यानाकर्षण गराए । सांसद पूजा चौधरीले रौतहटको विभिन्न नगरपालिकामा भारतबाट आएका नक्कली चिकित्सकहरूले अवैध र असुरक्षित शल्यक्रिया गरिरहेको पाइएको बताउँदै कारबाहीको माग गरिन् । उनले भनिन्, । “असुरक्षित शल्यक्रियाले एक जना महिलाको ज्यान गुमेको छ । यस्ता गैरकानूनी गतिविधि रोक्न र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु ।”

सांसद रुकमीणी कोइरालाले संविधानमा सुनिश्चित गरेको मौलिक हकको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । सांसद विष्णुकुमारी सापकोटाले स्थानीय उत्पादन र बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने बताइन्। उनले गाँजाको वैधानिक उत्पादन र बजारीकरण, लोकल कोदोको रक्सी ब्रान्डिङ गर्नेलगायत स्थानीय उत्पादनमा जोड दिनुपर्ने धारणा राखिन् । सांसद विष्णुदेवी पुडासैनीले महालेखा परीक्षकको प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु स्थानीय तहमा देखिएकाले उक्त समस्या समाधान गर्न ध्यानाकर्षण गराइन् ।

त्यसैगरी सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी, विष्णुबहादुर विश्वकर्माले भिजिट भिसा प्रकरणलगायत विषयमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit