Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

आम नागरिकबाट चर्को आलोचना भएपछि काठमाडौं उपत्यका बन्द फिर्ता

आम नागरिकबाट चर्को आलोचना भएपछि काठमाडौं उपत्यका बन्द फिर्ता
विज्ञापन
Advertisement

काठमाडाैं । संयुक्त जनआन्दोलन समितिले उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । प्रदर्शनस्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरु रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले बताए ।

विज्ञापन
Advertisement
Advertisement

सुवेदीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’

काठमाडौंमा भएको प्रदर्शनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit