Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

पर्सामा ‘एक निर्वाचन क्षेत्र, एक सडक’

पर्सामा ‘एक निर्वाचन क्षेत्र, एक सडक’
विज्ञापन
Advertisement

वीरगञ्ज । मधेस प्रदेशका ६४ निर्वाचन क्षेत्रमा ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत पर्सा जिल्लामा पनि आठ वटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच/पाँच किलोमिटर लम्बाइका सडक निर्माण गरिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार महेन्द्रनारायण निधि सभागृह जनकपुरबाट एक निर्वाचन एक सडक कार्यक्रमको डिजिटल प्रणालीमार्फत शिलान्यास गरिएको कार्यक्रमअन्तर्गत पर्साका ग्रामीण क्षेत्रलाई जोड्ने आठ वटा सडक समावेश छन् । पूर्वाधार विकास कार्यालय वीरगञ्जका निमित्त कार्यालय प्रमुख लालबाबु रायले प्रदेशस्तरीय एक निर्वाचन एक सडकअन्तर्गत पर्सा जिल्लामा पर्ने आठवटै निर्वाचन क्षेत्र लक्षित सडकको बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।

‘‘एक निर्वाचन एक सडकअन्तर्गतका आठवटै सडकको बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ’, उनले भने, ‘‘बोलपत्रमा सहभागी भएका निर्माण कम्पनीको प्राविधिक मूल्याङ्कन भएर अहिले आर्थिक प्रस्तावको मूल्याङ्कनको चरणमा रहेका छौँ । सम्भवत् जेठ मसान्तभित्रै सडक निर्माण गर्ने ठेकेदारको टुङ्गो लगाउनेछौँ ।’ यी आठै सडक अस्फाल्ट (कालोपत्रे) गरिनेछ ।

निमित्त कार्यालय प्रमुख रायले प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत निर्माण गरिनेप्रति निर्वाचन क्षेत्र रु १५ करोडको हाराहारीमा बजेट खर्च लाग्ने अनुमान गरिएको बताए ।

‘‘मधेस प्रदेश सरकारले एक निर्वाचन एक सडक कार्यक्रम प्रदेश गौरवको योजनाको रुपमा अघि सारेको छ’, उनले भने, ‘‘यो सडक बहुवर्षे ठेक्काअन्तर्गत अघि बढाउन लागिएको हो ।’

पर्साका आठ प्रदेश निर्वाचन क्षेत्रका सडक निर्माणका लागि भने कूल अनुमानित लागत रु एक अर्ब २० करोड लाग्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा पर्साका यी सडक निर्माणका लागि रु १६ करोड बजेट विनियोजन गरिएको छ ।

कार्यालयका अनुसार यो सडकखण्ड १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिनेछ । यी सडकको चौडाइ भने पाँच मिटरको हुनेछ । पर्सा निर्वाचन क्षेत्र १ ‘क’ मा वीरगञ्ज महानगर ३२ स्थित हिमाल अक्सिजन गेटदेखि चोरनी, लक्ष्मीपुर, परुसवा, सोलखपुर हुँदै टेढा मन्दिरसम्म जाने सडक परेको छ ।

पर्सा निर्वाचन क्षेत्र १ ‘ख’ भित्रका सहरी सडकहरुको स्तरोन्नति गर्ने भनिएको छ । त्यस्तै पर्सा निर्वाचन क्षेत्र २ ‘क’ मा डाकैला–बहुअरी–चैनपुर–एकटाँगा हुँदै वागवाना कोइलाभार मन्दिरसम्मको पाँच किलोमिटर लम्बाइको सडक अल्फाल्ट कालोपत्रे गर्न लागिएको हो ।

त्यस्तै पर्सा निर्वाचन क्षेत्र २ ‘ख’ मा वीरगञ्ज महानगर–२६ अठराहाचोकदेखि अठहारा छठघाट हुँदै सिसीपाडी बैरियारिसम्मको पाँच किलोमिटर सडक बनाउन लागिएको हो । निमित्त कार्यालय प्रमुख रायले एक निर्वाचन एक सडक निर्माण भएसँगै पर्साका ग्रामीण क्षेत्रका जनताको आर्थिक, सामाजिक र व्यापारिक गतिविधिमा धेरै लाभ लिन सक्ने बताउँछन् । ‘‘पर्साका ग्रामीण क्षेत्रका सडक अझैसम्म पनि व्यवस्थित हुन सकिरहेका छैनन् । यी सडक बनेसँगै जनजीवनमा धेरै परिवर्तन ल्याउने आपेक्षा राखेका छौँ ।’

 

त्यस्तै निर्वाचन क्षेत्र ३ ‘क’ भैराटार–विश्रामपुरबाट महुवन एकडारवा–लखनपुर–बलुवाहुँदै कटैया सडक सो योजनामा परेको छ । त्यस्तै निर्वाचन क्षेत्र ३ ‘ख’ मा धोरे–बोर्डर–हसना–रानीगञ्ज–लखनपुरहुलाकी सडकसम्म सडक सो योजनामा परेको छ ।

निर्वाचन क्षेत्र ४ ‘क’ मा शङ्कर सरैया–सखवानिया–हरैया–लाटोमाई सेड्वा जीतपुर खण्डको सडक परेको छ । त्यस्तै निर्वाचन क्षेत्र ४ ‘ख’ मा चिनीमिल (पदम सडक–फुलवरिया–वसन्तपुर–हरिपुर–विर्ता–वीरंचिवर्वा–२ मुडली–रविसदास–बजारी सडकखण्ड परेको छ । प्रदेश सरकारले एक निर्वाचन एक सडकका लागि चालु आर्थिक वर्षमा अति नै न्यून बजेट विनियोजन गरेकाले पनि यी सडक परियोजनाको निरन्तरता र समयमा नै सकिनेमा भन्ने आशंका कायमै छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit