काठमाडाैं । बजेटपछि शेयर बढ्ने अपेक्षा गरेका लगानीकर्तालाई निराश भएका छन् । साताको मंगलबार दिन नेप्से सूचक ३५.७३ अंकले घटेर २ हजार ६५८.९३ विन्दुमा आइपुगेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । यो दिन ६ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा राधिविद्युत कम्पनी,युनिभर्सल पावर कम्पनी,न्यादी ग्रुप पावर, ओमश्री फार्मास्यूटिकल्सको शेयर मूल्य २८ करोड रुपैयाँदेखि ६० करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
यो दिन पियोर इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने ओम मेघाश्री फर्माम्यूटिकल्स, उपकार लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपेन्ट बैंक, प्रभु स्मार्ट फण्डको शेयर मूल्य २.९५ प्रतिशतदेखि ९.९४ प्रतिशतले बढेको छ ।
यो दिन सर्वाधिक घट्ने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक,वराही हाइड्रो पावर,प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र सूर्यदयवमी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३.८६ प्रतिशतदेखि ४.३८ प्रतिशतले घटेको छ ।
यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचक घटेका छन् । बैंकिङ समूहको सूचक २.३५ प्रतिशतले सर्वाधिक घट्दा समग्र सूचकमा त्यसको प्रभाव परेको छ । बजेटपछि शेयर बजार थप बलियोअपेक्षा गरे पनि बजारले भने बजेटलाई ‘रेड सिग्नल’ दिएका छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्