Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘आगामी आवको बजेट सन्तुलित र यथार्तपरक छ’

‘आगामी आवको बजेट सन्तुलित र यथार्तपरक छ’
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट सन्तुलिन र यर्थातपरक आएको प्रतिक्रिया दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आर्थिक वर्ष २०८२\०८३ को राजस्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा दलीय आधारमा धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मदनकुमारी शाह (गरिमा) ले आगामी आवको बजेटले विगतका बजेटमा भएका कमीकमजोरी स्वीकार गरेर आएको टिप्पणी गरे ।

उनले भने , ‘कमीकमजोरी स्वीकार गेरपछि तिनको समाधान हुनेगरी बजेट आउनुपर्नेमा त्यसरी भने आएको छैन । संविधानको मूल मर्म र भावना अनुरुप आर्थिक, सामाजिक रुपान्तरण कार्यक्रममार्फत समाजवादी दिशामा अगाडि बढाउने नीतिका साथ बजेट आउनुपर्ने थियो ।’ परनिर्भर आर्थिक व्यवस्थामा परिवर्तन गर्न सकिएन भने र देश चलाउन आन्तरिक ऋण वृद्धि भइरहेने भन्दै यसले मुलुकको अर्थव्यवस्था सङ्कटमा पर्ने उनको भनाइ छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद पूजा चौधरीले विगतका सरकारले ल्याएको आर्थिक वर्षको बजेट ठूलो आकारमा हुने तर कार्यान्वयनको कमजोरीका कारण खर्च नहुने गरेको उल्लेख गर्दै बजेट कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘विश्व अर्थतन्त्र कमजोर भएको वर्तमान अवस्थामा बाहिरी स्रोतमा भर पर्नुभन्दा अधिकतम उपलब्धि प्राप्त हुनेगरी आन्तरिक स्रोतसाधन परिचालन गर्न सरकारसमक्ष निवेदन गर्दछु ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद शेखरकुमार सिंहले आगामी आव २०८२ \०८३ को बजेट स्वागतयोग्य रहेको टिप्पणी गरे । ‘यो बजेट महत्वकाङ्क्षी नभई यर्थातमा आधारित छ, बजेटले कृषि आधुनिकीकरण, भूमि व्यवस्था, उद्योग तथा व्यापार, पर्यटन पूर्वाधार, वन तथा वातावरण, श्रम तथा रोजगारलगायत पक्षलाई समावेश गर्दै निरोगी नेपाल र स्वास्थ्य नेपालीलाई प्राथमिकता दिएको छ ।’

सरकारले यही जेठ १५ गते रु १९ खर्ब, ६४ अर्ब ११ करोडको आगामी आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्यवको वार्षिक प्रस्तुत गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit