Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बर्दघाटमा सञ्चालित नबिल बैंकको दोस्रो चरणको उद्यमशीलता तालिम सम्पन्न

बर्दघाटमा सञ्चालित नबिल बैंकको दोस्रो चरणको उद्यमशीलता तालिम सम्पन्न
विज्ञापन
Advertisement

नवलपरासी । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम अन्तर्गत आज बर्दघाट २५ युवालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसमा दोस्रो चरणको ६ महिना लामो तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र उपलब्ध गराइएको हो । पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद विनोद चौधरीले उनीहरुलाई प्रमाणपत्र उपलब्ध गराएका हुन् ।

पहिलो चरणमा सोहि क्याम्पसबाट ५० जना युवाहरुले तालिम लिएर उद्यमशीलता सुरु गरिसकेका छन् । सांसद चौधरीले युवाहरुलाई आफूले तालिमबाट सिकेको कुरा साथीहरुलाई पनि सिकाउन आग्रह गरे । ‘दिव्यज्योतिले ५० वटा उद्यमी पहिला नै जन्माइसकेको छ । अब यी नयाँ भाइबहिनीहरुले के संकल्प गरेर जानुपर्छ भने म आफु मात्रै म सफल हुन्न,’ उनले भने , ‘‘इच वान टिच वान’ भन्ने सिद्धान्त अंगिकार गर्नुपर्छ । म मात्र हैन म अर्को पनि एउटा उद्यमी जन्माउछु भन्ने मानसिकताका साथ आज तपाईहरु यहाँबाट जानुभयो भने नविलको यो कामले सार्थकता पाउँछ ।’

नेपालका प्रतिष्ठित उद्योगपतिसमेत रहेका संघीय सांसद चौधरीले उद्यमशील बन्न अनुशासन र आत्मविश्वास आवश्यक हुने बताए । ‘उद्यमशीलताले खोज्ने भनेको सबैभन्दा ठुलो कुरा अनुशासन हो । दोस्रो, आफूमाथि विश्वास गर्नू हो । यदि आफूमा आत्मविश्वास छ भने जस्तोसुकै कठिन समयमा पनि तपाईले सफलता प्राप्त गर्नसक्नुहुन्छ,’ उनले भने ।

पछिल्लो समय नेपालमा केहि पनि गर्न सम्भव छैन भन्दै युवाहरुमा निराशा बढेको आफूले पाएको उनको भनाई थियो । कहाँ नेपालमा गर्न सकिन्छ ? यहाँ गर्नै दिँदैन । सरकारले दुख दिन्छ । फलानाले दुख दिन्छ यसले दुख दिन्छ, उसले दुख दिन्छ । त्यो त्यो मानसिकता बोक्ने मानिसले कहिले पनि केहि गर्न सक्दैन, सांसद चौधरीको भन्नुभयो, ‘यस्तो निराशाका बीचमा म गर्छु भन्ने पनि मान्छेको एउटा ठुलै जमात छ देशमा । उहाँहरुले गरिराख्नुभएको छ ।’  नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्दै युवाहरूलाई स्वरोजगार बनाउने र सामाजिक समस्या समाधानमा टेवा पुर्याउने लक्ष्य लिएको नबिल बैंकले जनाएको छ ।

बैंकले यो कार्यक्रम अन्तर्गत देशभर विभिन्न शैक्षिक संस्थाहरूसँगको सहकार्यमा युवाहरुलाई उद्यमशील तामिल दिँदै आएको छ ।

समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने नवीन उद्यमशील सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नु र उनीहरूको व्यावसायिक सपनालाई साकार पार्न सहयोग गर्नु कार्यक्रमको उद्धेश्य रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit