Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

गण्डकी प्रदेश बजेटः पर्यटकीय राजधानी पोखरामा यस्ता छन् पर्यटकीय नारा

गण्डकी प्रदेश बजेटः पर्यटकीय राजधानी पोखरामा  यस्ता छन् पर्यटकीय नारा
विज्ञापन
Advertisement

पाेखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजारको बजेट ल्याएको छ। जसमा पर्यटकीय क्षेत्र मानिएको यस प्रदेशमा पर्यटन मन्त्रालयका लागि ८४ करोड २१ लाख ९३ हजार रुपैयाँ विनियोजन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस्ता छन् बजेटमा पर्यटकीय नारा

१.प्रदेशको उत्पादनः प्रदेशको पहिचान

प्रदेशभित्र उत्पादित वस्तुहरुको प्रदर्शनी र बजारीकरणका लागि कोशेली घरको स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

२.पोखरा जाऔं प्रकृति र संस्कृतिसँग रमाऔं

कार्यक्रम संचालन गरी पर्यटनको राजधानी पोखरा र स्याटलाईट गन्तव्यहरूमा पर्यटकीय पूर्वाधार निर्माण, पदयात्राको संरक्षण विकास र प्रवर्द्धनका लागि विद्यमान पदमार्गको स्तरोन्नति, वैकल्पिक पदमार्गहरुको निर्माण र धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

३.पहिले घरदेश अनि परदेश अभियान सञ्चालन

पर्यटकीय सूचनाकेन्द्रको स्थापना, पर्यटकीय उपजको ब्राण्डिङ तथा प्रचार प्रसार र मानव संशाधनको विकास गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ ।

४.गण्डकको खास, बसौं घरबास
गण्डकको खास, बसौं घरबास भन्ने मुल नारालाई केन्द्रित गर्दै घरबास कार्यक्रमलाई थप प्रभावकारिताका साथ सञ्चालन गरिने भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit