काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी विकास कोषलाई १० लाख रूपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकम कोषद्वारा सञ्चालित विविध संरक्षण कार्यक्रम अन्तर्गत वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तीर्थयात्री तथा आगन्तुकहरूलाई सुविधा प्रदान गर्ने, पैदलमार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिनेछ।
लुम्बिनीमा आयोजित औपचारिक कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि) राममोहन राव अमराले लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, संचालकहरूरितेश सिन्हा, श्री भरतराज वस्ती, अप्सरा उप्रेती, गोपालप्रसाद भट्ट, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा तथा कोषका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल एसबिआई बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणमा निरन्तर योगदान पुर्याउँदै आएको छ। तीन दशकभन्दा बढी समयदेखि नेपाली बैंकिङ क्षेत्रमा क्रियाशील यस बैंकका हाल १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

















प्रतिक्रिया दिनुहोस्