Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था आगामी मंगलबारको कारोबारबाट हटाइँदै

भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था आगामी मंगलबारको कारोबारबाट हटाइँदै
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था आगामी मंगलबारको कारोबारबाट हटाउने भएको छ । नेपाल धितोपत्र बोर्डले शनिबार पत्र पठाउँदै नेप्सेलाई हटाउन निर्देशन दिएको हो ।
बोर्डले २०८२ असोज ४ गतेको पत्रमार्फत धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८७ को उपदफा (१) बमोजिम दिएको निर्देशनअनुसार धितोपत्र कारोवार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा रहेको प्रावधानलाई स्थगन गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

सो विनियम अनुसार विगतमा कारोबारको सत्रमा दिउँसो २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था थियो। तर, हाल उक्त व्यवस्था स्थगन भई प्रत्यक्ष अन्तिम कारोबार मूल्यका आधारमा नै सूचकाङ्क गणना गरिनेछ।

यस सम्बन्धी प्राविधिक परीक्षण आज (असोज ५)सम्पन्न भएको छ। असोज ६ गते सार्वजनिक बिदा परेकाले नयाँ व्यवस्था असोज ७ गतेदेखि लागू हुने नेप्सेले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit