Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

उपाध्यक्ष ढकालको प्रश्न : खरानी टकटक्याएर अगाडि बढौंला फेरी विध्वंश नहुने ग्यारेन्टी सरकारले गर्छ ?

उपाध्यक्ष ढकालको प्रश्न : खरानी टकटक्याएर अगाडि बढौंला फेरी विध्वंश नहुने ग्यारेन्टी सरकारले गर्छ ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनले निजी सार्वजनिक दुवै क्षेत्रमा ठूलो आर्थिक धक्का लागेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल आर्थिक पत्रकार संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफलमा उपाध्यक्ष ढकालले सार्वजनिक र निजी क्षेत्रको ठूल्ठूलो भौतिक संरचनामा क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताएका हुन् । उनले व्यवसायीले हालको क्षति ब्यहोरेर अघि बढ्न खोजे पनि पुःन यस्तो विध्वंन नहुने ग्यारेन्टी नभएको आशंका व्यक्त गरे । सरकारले निजी क्षेत्रलाई व्यवसायीक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ छ ।

‘जेनजी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरेको छ, आन्दोलनपछि हामीले सरकारसँग पनि सम्वाद गरेका छौं । सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता गरेको छ । अहिले हामी खरानी टकटक्याएर अगाडि त बढौंला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ?’ उनले प्रश्न गरे, ‘फेरि यस्तै विध्वंश भयो भने के गर्ने? सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ ।’

‘अर्थतन्त्रको वृद्धिदरलाइ निरन्तरता दिन सकेनौं’ 

केही समयअघि अर्थतन्त्रको वृद्धिदर राम्रै भए त्यसलाई निजी क्षेत्रले निरन्तरता दिन नसकेको ढकालले बताए । ‘हामीले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि खर्च गरेका हुन्छौं । हामीलाई सरकारले विश्वास दिलाउन सक्नुपर्छ । हामी अहिले लडेको अवस्था छ, हामी अब उठ्नका लागि सरकारले विभिन्न नीतिहरु ल्याउनुपर्छ। अब फेरि उठ्नका लागि विभिन्न नयाँ रणनीति लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । निजी क्षेत्र पनि मर्यादित भएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit