Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

नारायणघाट–मुग्लिन सडक जवाङखोलामा सुख्खा पहिरो,पन्छाउन पाँच घण्टा लाग्ने

नारायणघाट–मुग्लिन सडक जवाङखोलामा सुख्खा पहिरो,पन्छाउन पाँच घण्टा लाग्ने
विज्ञापन
Advertisement

धादिङ । नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा मंगलबार बिहान ठूलो सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बिहान करिब ५ः४० बजे खसेको पहिरो पन्छाउने कार्य भइरहेको र थप पहिरो नआएमा करिब पाँच घण्टामा बाटो सञ्चालनमा ल्याइने अनुमान गरिएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि गोरखा, लम्जुङ, पोखरा जाने साना तथा मझौला सवारी साधनलाई मलेखु–फुर्केखोला–धादिङबेसी–आरुघाट–गोरखा बजार हुँदै आँबुखैरेनी जाने मध्यपहाडी राजमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। त्यस्तै, अन्य गन्तव्यका ठूला तथा साना सबै सवारी साधनले सुरक्षाकर्मीको निर्देशनअनुसार वैकल्पिक मार्ग रोज्न आग्रह गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit